+
Search

ताजा अपडेट +

पपुलर +

फाेटाे पत्रकार गिरीमाथि हातपात

saroj giri photo journalist
डबली खबर
७ साल अगाडी

विदुर  / नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा अनेरास्ववियुका विद्यार्थीहरुले मञ्चमा उत्रिएर क्याम्पस व्यवस्थापन र प्रशासनको विरोध नाराबाजी र हुलहुज्जत गर्न खोजेका थिए ।

त्यसक्रममा समाचारका लागि तस्विर र भिडियो खिचिरहेका उत्तरगया दैनिकका समाचारदाता तथा नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सदस्य सरोज गिरीलाई अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुले हातपात गरेर उनको मोबाईल फोन समेत फुटाईदिएका छन् ।

त्यसक्रममा अनेरास्ववियुका रिजन प्रधानसहितले एकपक्षीय रुपमा तस्विर खिचेको भन्दै गिरीलाई हातपात र दुर्व्यवहार गरेको भनि आजको उत्तरगया दैनिक पत्रिकाले आजको अंकमा छापेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ