२०८१, १३ बैशाख बिहीबार

लैङ्गिक समानताका लागि पुरुष सहभागिता अभिमुखीकरण

    फाल्गुन १३ २०७५ ०९:३३

gender equality nuwakot workshop commitment
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / लैङ्गिक समानता आजको आवश्यकता अपरिहार्य रहेकोले लैङ्गिक समानताका लागि पुरुष सहभागिता अभिमुखीकरण कार्यशालामा जानकारी गराएको छ ।

कार्यशालामा महिला र पुरुषबीच समान मूल्य मान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजिक र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा महिला र पुरुषबीच समान हैसियत कायम राख्ने सम्बन्धि लैङ्गिक समता, लैङ्गिकसमानता, पुरुषत्व, नारीत्व, पृतिसत्ता, मातृसत्ता नारीसत्ता, लिङ्गका आधारमा विभेद नगरी अवसरबाट बञ्चितवर्ग वा समुदायलाई थप अवसरहरु जुटाइ समानता ल्याउन गरिएको लैङ्गिक समताका आधारमा हुने लैङ्गिक विभेद र लैङ्गिकता समानताका प्रतिवद्धता लगायतका विषयमा जानकारी गराईएको थियो ।

कार्यशाला सहायता सामाजिक संस्था, सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल, ककनी सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा बिदुर नगरपालिका-१ ढुंगेमा भएको थियो ।

कार्यशालामा ३० जना विभिन्न क्षेत्रका नेपाल प्रहरी, जनप्रतिनिधि, विदुर सिटी युथ क्लब, नुवाकोट जेसिज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा पत्रकार तथा प्रशिक्षक कपिल काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top