२०८१, ६ बैशाख बिहीबार

पार्सल् अफ पिस नेपालद्वारा शैक्षिक सामग्री प्रदान

    फाल्गुन १० २०७५ १२:३७

educational material distribution from parcel of peace nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / पार्सल् अफ पिस नेपाल जर्मन संस्थाले नुवाकोटका विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

संस्थाले लिखु गाउँपालिका-६ भट्टथोकमा अवस्थित सिद्दी गणेश आधारभूत विद्यालयका ६० जना बालबालिकालाई प्रोत्साहन स्वरुप आज शैक्षिक सामग्री वितरण गरेको संस्थाका प्रतिनिधि गोकर्ण गुणीले बताउनुभयो ।

शैक्षिक गतिविधिमा आर्थिक, भौतिक तथा आधारभूत विषयमा सहयोग गर्दै आईरहेको संस्थाले शैक्षिक सामग्री स्वरुप प्रति विद्यार्थी एकथान कापी, कलम र अन्य चित्रकला सम्बन्धि एकमुष्ट सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेलले जानकारी दिनुभयो ।

यसघि संस्थाले पन्चकन्या गाउँपालिका-५ को बच्छ्ला माध्यमिक विद्यालयका १ सय ८० विद्यार्थी, शिवपुरी गापा-७ मा रहेको ग्रामीणदेवी माविका १ सय ५० जना, कुम्भेश्वर माविका २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो । त्यस्तै, संस्थाले ककनी गापाको आरुखर्क विद्यालय, अरुणोदय, मनकामना र गोर्खाको सहिद लखन गापाको गण्डकी प्राविमा पनि वितरण गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top