+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटको सुईरेचौरमा प्याराग्लाईडिङ परीक्षण उडान

नुवाकोटको सुईरेचौरमा प्याराग्लाईडिङ परीक्षण उडान
डबली खबर
७ साल अगाडी

शिवपुरी / नुवाकोट जिल्लाको रमणीय पर्यटकियस्थल सुईरेचौरमा आज दुई प्यारागलाईडिङ उडानको परीक्षण उडान गरिएको छ ।

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको स्थानबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, रसुवा लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानबाट लाङटाङ, गणेश, मनासलु, जुगल हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

शिवपुरी गाउँपालिकाका-७ मा अवस्थित सुईरेचौर समुन्द्रसतहबाट १९०० मिटर उचाइमा अवस्थित सुईरेचौरमा नेपाल प्याराग्लाइडिङ कम्पनी प्रालिले दुई ओटा प्यारागलाईडिङ उडाएर परीक्षण उडान गरेको छ । परिक्षण सुईरेचौरबाट उडान सुरु गरेर शिवपुरी गापाको वडा नम्बर ८ थानपतिको सतरीफाँटसम्ममा परिक्षण गरेको थियो ।

suire chaur nuwakot tourism area

प्यारागलाईडिङको परीक्षण उडान अवलोकन गर्न पुगेका पूर्व सांसद तथा नेकपा नेता राजेन्द्रप्रकाश लोहनीले सुईरेचौरमा प्यारागलाईडिङको व्यवसायिक रुपमा फस्टाउनुको साथै आन्तरिक र बाह्रय पर्यटक भित्राउन सकिने बताउनुभयो ।

जालपा एफएमका प्रबन्धक निर्देशक उत्तम श्रेष्ठले प्यारागलाईडिङको व्यवसायिक उडानले नुवाकोटको पर्यटन क्षेत्र फड्को मार्नुको साथै स्थानीयको रोजगारीको अवसर हुनुको साथै नुवाकोटको आर्थिक विकासमा टेवा पग्ने बताउनुभयो ।

प्यारागलाईडिङको सफल उडान परीक्षण गरेपछि कम्पनीका प्रबन्धक निर्देशक ज्ञानभक्त डङ्गोलले केहि समयमै नियमित उडान गरिने जानकारी दिनुभयो ।

Image may contain: one or more people, mountain, sky, outdoor and nature

Image may contain: sky, outdoor and nature

Image may contain: one or more people, people standing, mountain, sky, outdoor and nature

Image may contain: 1 person, smiling, standing, outdoor and nature

 

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ