२०८१, ११ बैशाख मंगलवार

तामाङ चलचित्र “प्रङ्ना” को प्रिमियर शो

    फाल्गुन ८ २०७५ १२:५५

prangna tamang nepali movie
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट, रसुवा र धादिङमा छायांकन गरिएको तामाङ कथानक चलचित्र “प्रङ्ना” को नुवाकोटमा प्रिमियर शो भएको छ ।

विदुर नगरपालिका-१ ढुंगेस्थित होटल यांग्रामा प्रदर्शन गरिएको प्रिमियर शोका प्रमुख अतिथि म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले तामाङ समुदायको कथामा आधरित घट्नाहरुलाई चलचित्र मार्फत् देखाएकोमा चलचित्र युनिटलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभएकोछ । तामाङ चलचित्रको विकासको लागि हरदम सहयोगको लागि सधैं तत्पर रहने  अध्यक्ष तामाङले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

चलचित्रमा राजकिङ वाइबा (सुक बहादुर तामाङ) को निर्देशन र अभिनय रहेको छ । कथा तथा निर्माण छिमी मम्बा तामाङको रहेको छ ।

कलाकारहरु लिला तामाङ, लामा भाइ, बिगेन्द्र वाइबा, बिना घले, पुष्प वाइबा, सौराम तामाङ, बनु लोप्चन, गोपाल घले, बुद्धिमान तामाङ, सोनि वाइबा, रेशा तामाङ, बिजय मम्बा, शारदा तामाङ लगायतको अभिनय रहेको छ ।

करिव २५ लाख लगानिमा तयार भएको निर्माता छिमी मम्बा तामाङले जानकारी दिनुभएको छ । तामाङ चलचित्रबाट तामाङ समुदायको कुरालाई उठान गरेर विश्वभर छरिरहेका तामाङहरुको सामु पु¥याउन आफूले चलचित्रमा लगानी गरेको तामाङले बताउनुभयो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top