World Tuberculosis Day 2025
sujim advert

बैंकको ब्याजवृद्धिले चर्किए उद्योगी व्यापारी

    फाल्गुन ७, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

intertaction program with bankers and entrepreneur
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर / नुवाकोट चेम्बर अफ कमर्शले विदुरमा आयोजना गरेको ब्याजवृद्धि विषयक अन्तरक्रियामा बैंकहरुले ब्याजदर बढाउँदा उद्योग व्यापारमा समस्या परेको भन्दै  उद्योगी व्यापारी चर्किएका थिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले नुवाकोट त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहँदा उद्योगी व्यापारीलाई प्रत्यक्ष मारमा परेको भन्दै ब्याजवृद्धि फिर्ता लिनुपर्ने भन्दै एक्यबद्धता जनाउनुभएको छ । उद्योगी व्यापारीको हकहितको लागि संघ र चेम्बर अफ कमर्श एक भइ बढ्दो ब्याजदर घटाउनको लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरण उत्सुक सापकोटा, पुर्वसदस्य रमेश श्रेष्ठ, नुवाकोट रेडिमेड तथा कपडा व्यवसाय संघका अध्यक्ष संजिव श्रेष्ठ तथा उद्योगी, व्यापारी, सहकारीकर्मी लगायतले ब्याजवृद्धि फिर्ता लिनुपर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा नुवाकोटमा संचालित रहेका बैंकहरुको मुनाफा जिल्लामै लगानी गर्नुपर्ने माग उद्योगी व्यापारीहरुले राखेका छन् । त्यस्तै, बैंकहरु लाभांश वितरणमा नभई स्थानीयस्तरमै सामाजिक उत्तरदायित्व बहन हुने सामाजिक कार्यमा पनि लाग्नुपर्ने उद्योगी, व्यापारी, सहकारी, इन्सुरेन्स अभिकर्ता, राजनीतिक दलका कार्यकताहरुले मागग गरेका छन् । साथै जिल्लास्थित सम्पूर्ण बैंकहरुको सामाजिक उत्तरदायित्व बहनमा एकरुपता ल्याउन जोड दिएको छ ।

हाम्रो विकास बैंकका कार्यकारी अधिकृत पारस खड्काले पृथ्वीनारायण शाहको स्मारक पार्क र देहवासन भएको स्थललाई पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि हरेकवर्षको मुनाफाको तीन प्रतिशत सामाजिक उत्तरदायित्व बहनको लागि छुट्याइएको र त्यसको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने जानकारी गराउनुभयो ।

बैंकरहरुले भने अहिले ब्याजदर घटाउन सक्ने अवस्था नरहेको र कार्यक्रममा उठेका मागलाई सम्बन्धित मुख्य कार्यालयमा पेश गरिने बताएका छन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top