२०८१, १३ बैशाख बिहीबार

दियो पाठशाला मोन्टेस्वरीले मनाए दोश्रो वार्षिकोत्सव

    फाल्गुन ७ २०७५ ११:१४

second anniversary of diyo pathshala montessori
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / दियो पाठशाला मोन्टेस्वरीले गत बिहिबार दोश्रो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

Image may contain: 1 person, eating

समारोहमा प्रमुख अतिथि विदुर नगरपालिका-४ का वडाध्यक्ष टलकमान श्रेष्ठले शैक्षिक क्षेत्र भनेको बहुपक्षीय क्षेत्र भएको धारणा व्यक्त गर्नुभयो । शैक्षिक विकासको लागि राज्य एक्लैले मात्र गरेर नहुने र राज्यले शैक्षिक विकासको लागि कार्यक्रम ल्याउँदा सबै क्षेत्रमा पहुँच नपुग्ने बताउनुभयो । विद्यालयले छोटै समयमा आफ्नो पहिचान दिन सफल भएको र शैक्षिकथलो सिकाईको माध्यमको क्षेत्र भएकोले वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुबाट प्रस्तुत कला पनि विद्यार्थीको अतिरिक्त कला विद्यालयको प्रगति रहेको बताउनुभयो ।

Image may contain: 7 people

सो अवसरमा संचालक समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्राथमिकतहका सम्पूर्ण कक्षाहरु आगामी शैक्षिकसत्रमा संचालनमा ल्याईने जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुको व्यक्तिव्व विकासलाई अब्बल राख्न सिकाईको माध्यमलाई विशेष प्राथमिकता दिई अध्यापन गराई रहेको संचालक श्रेष्ठले बताउनुभयो ।

Image may contain: 1 person

कार्यक्रममा विदुर नगरपालिका-२ का वडाध्यक्ष विरेन्द्र शाहीले विद्यालायको भौतिक पूर्वाधार, कक्षाकोठा आकर्षक र फरक रहेकोले विद्यार्थीहरुको अध्ययनमा सहज हुने बताउनुभयो ।

Image may contain: 4 people, people smiling, people standing

कार्यक्रममा नवजीवन शिक्षा निकेतनका प्रिन्सिपल सुनिता अधिकारीले व्यस्त जनजीवनमा अभिभावकले आफ्ना सन्तानको लागि उचित समय छुटाई मार्ग निर्देशन गर्नुपर्ने र विद्यालयबाट मात्र शिक्षा हासिल नभई घरबाटै बढी हुने भएकोले सिकाईको अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

वार्षिकोत्सव अवसरमा खेलाईएको अतिरिक्त खेलकुद तथा शैक्षिक प्रतियोगितामा प्ल्येग्रुप, नर्सरी, एलकेजी र युकेजीका प्रथम र द्वितीय हुने विद्यार्थीहरु र उत्कृष्ट अनुशासित छात्रा प्रकृति भुसाललाई पुरस्कार वितरण गरिएको थियो ।

समारोहमा विद्यालयका छात्रछात्राहरुले विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरुले उपस्थित अतिथि, अभिभावक तथा शुभचिन्तकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा विदुर नगरपालिका-२ का वडासदस्य राधाकृष्ण भण्डारी, बौद्धिक प्रारम्भिक विद्यालयका प्रिन्सिपल राजिन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका केन्द्रिय पार्षद् ध्रुवकुमार रावल लगायतको उपस्थिति रहेको थियो ।

नुवाकोटको विदुर नगरपालिका-४ विदुरमा रहेको मोन्टेस्वरी विदुर नगरपालिकाको पुरानो कार्यालय नजिकै रहेको छ । छ विद्यार्थीदेखि अध्यापन गराईएको विद्यालयमा हाल ३७ विद्यार्थी, तीन शिक्षिका र एक आया रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top