विदुर, नुवाकोट / उद्योग वाणिज्य संघले गत मङ्सिर २८ गते घ्याङफेदीमा भएकाे मिनिट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारकाे सदस्यकाे लागि राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
फागुन ३ गते दुप्चेश्वरको राउतबेंशीमा सोनाम ल्होसारको अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा संघका अध्यक्ष ताराबहादुर कार्की र द्वितीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष याेविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यलाई उक्त सहयोग रकमको चेक स्तान्तरण गरेका थिए ।
यस अघि बुद्धभुमि हाईड्रोपावर कम्पनीले ५० हजार र नेपाली काँग्रेसको तर्फबाट १ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । घाईते भएकालाई उपचारमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।
दुर्घटना दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको थियो । उक्त घटनामा ३ महिला र १७ जना पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया