शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिका-८ थानपतिमा भएको बस दुर्घटना हुदाँ ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रातको समय घुम्तीमा अनियन्त्रित भई दुर्घटना भइ बस करिब ३० मिटर सडकबाट तल खसेको थियो ।
घाइतेको नामावली, ठेगाना र स्थिति विवरण
१) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने वर्ष ६५ को बासुदेव थापा टाउको हात खुट्टामा चोट अवस्था सामान्य ।डिस्चार्ज
२) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने वर्ष २५ को रन्जना खतिवडा ढाड र हातमा चोट मध्यम अवस्था ग्रिन सिटीमा उपचार भै रहेको ।
३) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने लक्ष्मी खतिवडा कम्मर जिउमा चोट मध्यम अवस्था ग्रिन सिटीमा उपचार भै रहेको ।
४) जिल्ला धादिंङ गल्छी गा.पा.२ बस्ने राम बहादुर परियार खट्टा र हातमा चोट मध्यम ग्रिन सिटीमा उपचार भै रहेको ।
५) जिल्ला नुवाकोट बि.न.पा २ बस्ने वर्ष २२ को इश्वर परियार कम्मरमा फ्यक्चर मध्यम ग्रिन सिटीमा उपचार भै रहेको ।
६) जिल्ला नुवाकोट बि.न.पा २ बस्ने वर्ष ५० को छत्र बहादुर पण्डित टाउकोमा चोट अबस्था मध्यम ग्राण्डीमा उपचार भै रहेको ।
७) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने वर्ष ३४ को मनोज थापा मध्यम हातमा चोट- डिस्चार्ज
प्रतिक्रिया