+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रौ राष्ट्रिय कृषि मेला हुँदै, प्राङ्गारिक खेति व्यवसायीलाई निःशुल्क स्टल

डबली खबर
७ साल अगाडी

ललितपुर / अर्गानिक खेती गरिरहेका किसानका लागि लक्षित गर्दै कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको आयोजनामा बाह्रौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ ।

‘प्राङ्गारिक कृषि पद्धत्ति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मूल नारासहित यहि फाल्गुण १७ र १८ गते जावलाखेल फुटबल मैदानमा हुने मेलामा प्राङ्गारिक कृषि खेति गर्ने कृषकले निःशुल्क स्टल लिनेको व्यवस्था गरिएको केन्द्रका प्रवक्ता बासुदेव शर्माले जानकारी दिनुभयो । स्टल बुकिंङको लागि फाल्गुण १६ गतेभित्र नै नाम दर्ता गराउन पर्ने जनाईएको छ । मेलामा प्राङ्गारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राङ्गारिक कृषि सम्वन्धी प्राविधिक जानकारी, उत्कृष्ट प्राङ्गारिक कृषि उपजलाई पुरस्कार वितरण गरिनेछ । त्यसैगरी प्राङ्गारिक तथा फुड फेस्टिवल, प्राङ्गारिक कृषि सम्वन्धी अन्तरक्रिया, प्राङ्गारिक कृषि उपजहरुको विक्री वितरणका साथै बाली उपचार शिविरको साथै मोवाईल भ्यानबाट माटो परिक्षणको सुविधा पनि राखिने प्रवक्ता शर्माले जानकारी दिनुभयो।

नेपालमा हुने यस्ता मेलाहरुमा प्रभावकारी हुन नसकिरहेको अवस्था छ । ‘तर, यसलाई प्रभावकारी बनाउन किसानहरुको अधिकतम सहभागिता हुन आवश्यक छ’, प्रवक्ता शर्माले भने, ‘यसको लाभ किसानले प्रत्यक्ष पाउँने हुदा जतिसक्दो सहभागी हुन अनुरोध छ ।’ नाम दर्ता गर्न सकिने छ ।

Application letter of stall

स्टल आवेदन फाराम

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ