२०८१, १२ बैशाख बुधबार

ब्रह्मक्षेत्र गुरुकुलको लागि धार्मिक महोत्सव हुँदै

    माघ १७ २०७५ १४:३६

vaidik sanatan dharma samaj nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि पञ्चकन्या गाउँपालिका-२ कविलासमा ब्रह्मक्षेत्र धार्मिक महोत्सव तथा श्रीमद्भागवत धन्धन्याञ्चल विराट ज्ञान महायज्ञ २०७५ हुने भएको छ ।

वैदिक सनातन धर्म संरक्षण समाजले सदमुकाम विदुरमा पत्रकार सम्मेलन गर्दै विश्व शान्ति, राष्ट्र कल्याण, स्थिरता एवं परम्परादेखि चलिआएको संस्कृत भाषा, वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवनपद्दति पुनर्स्थापनाको लागि धार्मिक महोत्सव तथा महायज्ञ यहि फाल्गुण १३ गतेबाट २१ गतेसम्म ब्रह्मक्षेत्र राक्षेश्वर मन्दिर प्राङ्गणमा हुने समाजका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभएको छ । समाजले नुवाकोटमा पहिलोपटक ब्रह्मक्षेत्रलाई गुरुकुलको रुपमा विस्तार गर्न लागिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

हराउँदै गएको गुरुकुल शिक्षालाई देशका सबै जिल्लामा विस्तार गरिने अनुरुप नेपाल शिक्षा परिषद र राष्ट्रिय गुरुकुल शिक्षा परिषदको समन्वयमा ७७ वटै जिल्लामा गुरुकुल विस्तार गर्ने योजना अघि सारिएको हो । मुलुकभर हाल सञ्चालनमा रहेका दुई सय २५ गुरुकुलका मठ मन्दिरको संरक्षण गर्ने, वैदिक शिक्षा बोर्ड गठन गर्न सरकारसँग माग गर्ने, ग्रहगणित अध्ययन गर्ने वेदशालाको निर्माण गर्ने लगायतको निर्णय भएको थियो । सनातन वैदिक परम्पराको मौकिक स्वरुप नेपालको नेपालको गुरुकुलीय शिक्षा पद्धति हो । २०२८ सालबाट नयाँ शिक्षा नीति तर्जुमा भई लागू भएपछि गुरुकुलीय शिक्षा ओझेलमा पर्न थालेको हो ।

श्रीमद्भागवत धन्धन्याञ्चल विराट ज्ञान महायज्ञमा पण्डित सागर रिजालले प्रवचन गर्ने भएको छ । महायज्ञको दैनिक कार्यक्रममा नित्य पूजा, रुद्राभिषेक, हवन एवं पाठपारायण, झाँकीसहित कथा प्रवचन र विशिष्ट कलाकारहरुद्वारा भजनसहित भागवत कथा रहेको छ । रात्रीकालिनमा महात्म्य, भजन संकिर्तन एवम् समसामयिक झाँकी र फाल्गुण २० गते शिवरात्रीको अवसरमा शिव आराधना, चारप्रहर पूजन एवं लघु रुद्रभिषेक हुने समाजले जानकारी दिएको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top