२०८१, १४ बैशाख शुक्रबार

स्थानीयतहको करले उठ्नै छाड्यो कवाडी समान

    माघ १४ २०७५ २०:१६

kawadi sangh press meet nuwakot nccinuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / स्थानीयतहले दोहोरो तथा अवैज्ञानिक तवरले लगाएको करले गर्दा नुवाकोटमा कवाडी सामान नउठाएको करिब एक महिना भएको नुवाकोट कवाडी संघले जनाएको छ । संघले फलाम, खाली सिसी, प्लास्टिक जन्य पदार्थ, पुरानो कागज जस्ता कवाडी सामान उठाउन छाडेको हो ।

आज विदुरमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा वातावरण सरसफाईका दुतको रुपमा कार्य गर्दै आईरहेका कवाडी व्यवसायीहरुले  स्थानीयतहै पिच्छे कर लगाईनाले व्यवसाय धरासायी पर्नुको साथै वातावरणमा प्रतिकुल असर पुग्न जाने खतराको सम्भावनालाई मध्यनजर गर्दै दोहोरो कर हटाउन माग गरेको संघका प्रतिनिधि सुरज सिलवालले बताउनुभयो ।

व्यवसाय गरे बापत् कर तिरिने तर अवैज्ञानिक तवरले लिईएको कर मान्य नहुने नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीले बताउनुभयो । व्यवसायलाई धरासायीमा राखेर जो कोहिले पनि व्यवसाय गर्न नसकिने भएको वातावरण सरसफाई जस्तो कार्य गरि रहेका न्यून आय भएका कवाडी व्यवसायलाई सहज रुपमा कार्य गर्न स्थानीयतहले व्यवसाय संचालन गर्न दिनुपर्ने उप्रेतीले बताउनुभयो ।

kawadi tax receipt nuwakot likhu rural municipality

नुवाकोटमा कवाडी संकलनमाकर्ता करिब ३ सय ५० को हाराहारीमा रहेका कवाडी फेरियाहरु स्थानीयतहले लगाएको दोहोरो करले गर्दा अहिले ३० नेपाली र १ सय २० इन्डियन कवाडी फेरिया मात्र रहेको संघले जानकारी दिएको छ ।

स्थानीयतहले दोहोरो तथा अवैज्ञानिक कर नहटाईएसम्म नुवाकोटमा कवाडी सङ्कलन नउठाईने संघले जनाएको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top