शिवपुरी / बुद्धभुमि हाईड्रोपावर कम्पनीले दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदिमा भएको मिनिट्रक दुर्घटना परि घाईतेहरुको उपचारको लागि ५० हजार रुपैंयाँ सहयोग गरेको छ ।
उक्त कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले गाउँपालिका अध्यक्ष योविन्द्रसिङ तामाङलाई सहयोग चेक हस्तान्तरण गर्नुभएको छ ।
गत मंसिर २८ गते दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको थियो । उक्त घटनामा ३ महिला र १७ जना पुरुषको मृत्यु भएको थियो ।
घाईते भएकालाई उपचारमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।

प्रतिक्रिया