२०८१, ७ बैशाख शुक्रबार

अपाङ्गता भएका व्यक्तिहरुलाई ब्लाङकेट वितरण

    माघ १३ २०७५ १२:५२

blanket distribute to disability people shivapuri nuwakot thanapati
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिका-८ थानापतिमा ३० जना अपाङ्गता भएका व्यक्तिहरुका लागि ब्लाङकेट वितरण गरिएको छ ।

शिवपुरी मिडिया नेटवर्कको संयोजनमा शिवपुरी अपाङ्ग संघ थानापतिद्वारा उक्त सामान वितरण गरिएको शिवपुरी मिडिया नेटवर्ककका अध्यक्ष एवम् शिवपुरी अपाङ्ग संघका अध्यक्ष रविन थपलियाले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुको  पहिचान र डाटा सङ्कलन गरी गाउँपालिकाको समन्वयमा आवश्यक कार्यक्रम ल्याइने बतानुभयो ।

कार्यक्रममा शिवपुरी गाँउपालिका-८ का वडाध्यक्ष पदमबहादुर थपलियाले ग्रामिण भेगमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको ज्ञान, सिप र आयआर्जनका कार्यक्रम ल्याउन हर प्रकारको सहयोगका निम्ती पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना (तरकारी जोन) का अध्यक्ष रामप्रसाद पुडासैनीले अपाङ्गता भएका व्यक्तिहरुका निम्ती जीविकोपार्जन मुलक र सामाजीक कार्यहरुमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top