२०८१, १९ बैशाख बुधबार

कम्युनिष्ट पार्टीको कार्यपत्र प्रस्तुत गर्न लोहनी घानामा

    माघ ११ २०७५ २०:२५

rajendra prakash lohani cpuml
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पुर्व सासंद राजेन्द्रप्रकाश लोहनी बिहिवार फ्लाई दुबई एरलाईन्सबाट अफ्रिकाको घाना प्रस्थान गरेका छन् ।

घानामा पपुलर ऐजुकेशन एट द कम्युनिटि लेबल संस्थाको निमन्त्रणामा २५ जनवरी देखि १६ फेब्रवरी २०१९ सम्म हुने सामुदायिक उच्च शिक्षा बिषयक अन्तक्रियामा नेपालको तर्फबाट लोहनीले नेपालमा कम्युनिष्ट पार्टीको ईतिहास र वर्तमानको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा सहभागी हुन लोहनीको साथै काठमाडौ जिल्ला समन्वय समितिका उपाध्यक्ष सरिता दाहाल पनि रहेका छन् ।

विश्वभरका १५ देशका ५० जना कम्युनिष्ट नेताहरुको सहभागीता रहनेछ । उक्त कार्यक्रम घानामा २१ दिन सम्म चल्ने पुर्व सासंद लोहनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top