sujim bazar advert

नेपाल फोटो पत्रकार महासंघ-नुवाकोटको उपाध्यक्षमा श्रेष्ठ

    माघ ९, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

photo journalist nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट / नेपाल फोटो पत्रकार महासंघको ३८औं जिल्ला शाखा गठन भएको छ । नुवाकोटको सदरमुकाम विदुरमा बुधबार आयोजित विशेष भेला विच डबली खबरका कार्यकारी सम्पादक सुनील श्रेष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

टिभी त्रिशुलीका दिपेन श्रेष्ठ अध्यक्षमा र केदार ढकाल सचिवमा, टिभी टुडेका प्रमिला सुनार कोषाध्यक्षमा, सदस्यहरुमा ध्रुवकुमार रावल (त्रिशुली खबर साप्ताहिक), सरोज गिरी (उत्तरगया दैनिक) र कोपिला अर्याल (मिक्स एफएम) रहेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा सदरमुकाम विदुरमा भएको भेलामा जिल्लामा विभिन्न सञ्चार माध्याममा आबद्ध भएर क्रियाशील रुपमा कार्य गरिरहेका पत्रकारहरुको प्रतिनिधित्व हुने गरी शाखा गठन गरिएको छ ।

पछिल्लो समयमा व्यावसायिक रुपमा पत्रकारिता गर्ने पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट पनि व्यावसायिक पत्रकारितामा थप टेवा पु-याउदै जिल्लाका फोटो पत्रकारहरुलाई एकताबद्ध बनाउने उद्देश्यका साथ शाखा गठन गरिएको हो ।

भेलामा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरिप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सचिव जगदीश खनाल, केन्द्रिय पार्षद् देवचन्द्र भट्ट लगायतको उपस्थिती रहेको थियो ।

उपाध्यक्षमा चयन भएका श्रेष्ठ विगत १४ वर्षदेखि त्रिशुली प्रवाह साप्ताहिकको अनलाईन प्राविधिक र फोटो पत्रकारको रुपमा कार्य गर्दै आईरहनुभएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top