२०८१, १४ बैशाख शुक्रबार

मुआब्जाको माग गर्दै नुवाकोट बन्द (फोटो र भिडियो फिचर)

    माघ ६ २०७५ १२:०९

sadak nuwakot banda strike trishuli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् । बन्दको दिनमा अटेर गरि सवारीसाधन चलाएको भन्दै बन्दकर्ताले विदुरमा हेल्मेट फुटाएको छ भने ढुंगेमा पुरानो मोटरसाइकल जलाएको छ ।

बन्दले नुवाकोट र रसुवाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायात पूर्णरुपमा ठप्प भएका छन् । बन्दको कारण पासाङल्हामु मार्गको त्रिशूली-काठमाडौ, त्रिशूली-वेत्रावति, त्रिशूली-देवीघाट-गल्छी तथा त्रिशूली-छहरे-काठमाडौ सडकमार्गमा यातायातका साधन गुडेका छैनन् ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको आयोजना अन्तर्गत नुवाकोटको विदुर नगरपालिका-५ पिपलटार, गंगटे, बट्टार, विदुर र ढुङ्गेसम्मका प्रभावितको समूह सडक प्रभावित सरोकार समितिले आफूलाई आयोजनाले मुआब्जा नदिएको जनाउँदै आज बन्द गरेका हुन् ।

बन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग, व्यापारिकस्थल समेत बन्द भएका छन्। बन्दकर्ताले सदरमुकाम विदुर, ढुंगे र बट्टारको सडकमा बसेर यातायात संचालनमा रोक लगाएका छन्। मुआव्जाको विषयमा सरकारले सकारात्मक वातावरण सिर्जना नगरेसम्म संघर्षका कार्यक्रम जारी रहने बन्दकर्ताको भनाई छ ।

सडक आयोजनाले ओगट्ने सडक क्षेत्रमा स्थानीयवासीको जग्गा परेको र सो जग्गाको मुआव्जा नदिएसम्म आन्दोलन जारी रहने स्थानीयवासीको भनाई रहेको छ । सडक आयोजनले भने २०३४ सालको राजपत्रमा पासाङल्हामु मार्गको बालाजु-ककनी-त्रिशूली सडकखण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताउँदै आएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top