२०८१, १४ बैशाख शुक्रबार

त्रिशूली अटोबाट ट्राफिकलाई हेलमेट

    माघ ३ २०७५ १२:३४

yamaha trishuli auto distribute helmate to traffic
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ ।

No photo description available.जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीमार्फत् ट्राफिक व्यवस्थापन सहजताको लागि त्रिशूली अटोले उक्त हेल्मेट उपलब्ध गराएको त्रिशूली अटोका प्रबन्ध निर्देशक विवेक थापाले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै अटोले ट्राफिक प्रहरीसँगको सहकार्यको लागि हेलमेट उपलब्ध गराइएको थापाले बताउनुभयो ।

Image may contain: 6 people, people smiling, outdoor

त्रिशूली अटोले यस अघि तिहारमा विदुर सिटी युथ क्लबले विदुरको पर्यटन विकासको लागि आयोजना गरेको “राइड एण्ड सेलिब्रिट तिहार” मोटरसाइकल र्यालीमा प्रायोजन गरेको थियो । र्यालीमा सदरमुकाम विदुरका सम्पूर्ण भूभाग, ढुंगेबजार र वनदेवी मन्दिरसम्म पुगेर तिहारको शुभकामना आदानप्रदान गरेको थियो ।

नुवाकोटको प्रमुख बजार बट्टारमा रहेको यामाहाको अधिकारिक बिक्रेता त्रिशुली अटोले मोटरसाइकल र स्कुटरको साथै सम्पूर्ण पार्ट्सपुर्जाहरु बिक्रि गर्दै आइरहेको छ । मोटरसाइकल र स्कुटरको मर्मत र अत्याधुनिक सर्भिसिङ पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top