विदुर / आज एक्काइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाइँदैछ । ९० सालको भूकम्प गएको ८५ बर्ष पुगेपनि २०५५ सालदेखिमात्र हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् ।
“विपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” भन्ने नारासहित आज नुवाकोटमा पनि पदयात्रासहित सडकनाटक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाईएको छ ।
पदयात्रा विदुर नगरपालिका-१ ढुंगेदेखि सुरु भइ बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा पुगेर नेपाल रेडक्रस नुवाकोटले भूकम्पपछि उद्धारमा कसरी संयमित भइ प्राथमिक उपचार गर्ने भन्ने बारे जनचेतनामूलक सडक नाटकमा गरेका छन् ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी लगायतले भूकम्पीय सुरक्षा विपद्लाई न्यूनीकरण गर्न र विपद्को सामना गर्न पूर्वतयारी जनचेतना कार्यलाई परिमार्जन गरी कार्यन्वयनमा जोड दिएका छन् । साथै पुनःनिर्माणको अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरण, विपदमा परेका सबै प्रभावित नागरिकलाई सुरक्षा प्रदान गर्नु सरकारको उत्तरदायित्व भएको सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । श्रीनाथ गणका सहसेनानी विद्दुतकुमार बस्नेतले भूकम्पीय जोखिम सुरक्षा बारे जनचेतनामूलक जानकारी गराएका छन् ।

२१औं राष्ट्रिय भूकम्प दिवसको अवसरमा नेपाल रेडक्रसले गरेको सडक नाटक
भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किएका थिए । नुवाकोटमा करिब १ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
नेपाल सबैखाले प्राकृतिक विपतको उच्च जोखिममा रहेको देश हो । अझ भूकम्पका दृष्टिले त यो जोखिम अझ बढी छ । पछिल्लो गोरखा भूकम्पको झण्डै चार वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन।

२१औं राष्ट्रिय भूकम्प दिवसको अवसरमा नेपाल रेडक्रसले गरेको सडक नाटक
प्रतिक्रिया