२०७९, ३ जेष्ठ मंगलवार

तारुकामा ऐतिहासिक गोरु जुधाइँ मेलाको तयारी पुरा, २३ हल गोरु जुधाइने

    पुष २९ २०७५ १७:००

ox fight nuwakot taruka festival bull fight
nuwakot trishuli graphic web media service 2020

१० हल गोरुको मात्र घम्साघम्सी हुने

विदुर, नुवाकोट / परापूर्वकालदेखि माघेसङ्क्रान्ति पर्वका अवसरमा तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष २३ हल गोरु जुधाइने भएको छ । त्यसमध्ये १० हल गोरुको मात्र घम्साघम्सी हुनेछ ।

ox fight nuwakot taruak press meet

माघेसङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाले आज विदुरमा पत्रकार सम्मेलन गरी तारुकामा गोरु जुधाइने तयारी पुरा भएको जानकारी दिएको छ । मेलास्थल आउनको लागि सडकको मर्मत, पार्किङस्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्था गरिएको तारकेश्वर गाउँपालिका-२ का वडाध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो ।

संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । मेलामा प्रथम हुने गोरु धनीले ६ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  द्वितीयहुनेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्  । विजेता हुने प्रथम, द्वितीय र तृतीय गोरुको नेपाल लाइफ इन्स्योरेन्सले पुरस्कार र बिमाको व्यवस्था गरिएको अधिकारीले बताउनुभयो । सहभागी गोरुको उपचार एवं गोरु धनीहरुलाई प्रोत्साहन हुने अन्य कार्यहरुको थालनी गरिएको जानकारी दिनुभयो ।

तारुकाको पौरख नेपालको गौरव भन्ने मूल नाराका साथ परापुर्वकालदेखि नै प्रत्येक वर्षको माघेसङ्क्रान्तिमा मानाईदै आएको गोरु जुधाई मेलाले एतिहासिक, सामाजिक एवं सांस्कृतिक रुपले धेरै नै महत्व बोकेको छ ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको तारुका, बेत्रावती र घले गाउँमा गरी यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ ।

वि.सं. १९८० को दशकमा चन्द्रशमशेरका ज्वाँई जय पृथ्वीबहादुर सिंहको मावली घर नुवाकोटको तारुकामा रहेको र उनी मावली आउँदा भान्जालाई मनोरञ्जन प्रदान गर्नको लागि गोरु जुधाइँको थालनी भएको इतिहासमा उल्लेख छ ।

 

 

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top