sujim bazar advert

खिञ्चेत कृषि सहकारीको अध्यक्षमा नारायण गिरी

    पुस २९, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

khinchet cooperative agm sahakari nuwakot nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / खिञ्चेत कृषि सहकारीको सातौँ वार्षिक साधारणसभाले सम्पन्न भएको छ । सहकारीको अध्यक्षमा नारायण गिरी निर्विरोध निर्वाचित भएको छ ।

गिरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । उपाध्यक्षमा चन्द्रबहादुर खड्का, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र दवाडी र सदस्यहरुमा चिरन्जीवि गिरी, सुशिला पण्डित, सिता घले, मनिष नगरकोटी र सुनिल श्रेष्ठ चयन भएका छन् ।

जिल्ला सहकारी संघका सदस्य नविन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रधानले अबको सहकारी अभियान अन्तर सहकारी समन्वय गर्न अपरीहार्य भएको बताउनुभयो । “अहिले मुख्य सहकारीको समस्या भनेको भाका नाघेको ऋण हो तसर्थ ऋण लगानी गर्दा सजग हुनुपर्ने” प्रधानले बताउनु भयो । प्रधानले पुराना सहकारीको गुनासोमा नगर संजालले भाका नाघेका ऋण उठाउन सहजीकरण गर्ने पनि जानकारी गराउनु भयो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top