+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट प्याब्सन अध्यक्षमा कुइँकेल

डबली खबर
७ साल अगाडी

विदुर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको छैठौं अधिवेशनबाट प्रकाश कुइँकेल अध्यक्ष पदमा निर्विरोध विजयी भएका छन् ।

कुइँकेलको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रजनी कार्की (निर्वाचित), सचिवमा पुरुषोत्तम अधिकारी, सहसचिवमा राममणि अधिकारी, कोषाध्यक्षमा रामजी भट्ट, सहकोषाध्यक्षमा तोयानाथ पोखरेल (निर्वाचित), सदस्यहरुमा राजकुमार गजुरेल, रामचन्द्र नेपाल, शंकरमान श्रेष्ठ, गोविन्द प्याकुरेल, मोतीराम ढकाल र विष्णु ठकुरी चयन भएका छन् ।

दुई पदका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदका लागि रजनी कार्कीले २० मत र निकटतम प्रतिद्वन्द्वी सुनिल श्रेष्ठले १८ मत प्राप्त गरेका छन् । निर्वाचित उपाध्यक्ष कार्कीले २ मत अन्तरले विजयी भए।

त्यसैगरी, सहकोषाध्यक्ष पदका लागि तोयानाथ पोखरेलले २४ मत र निकटतम प्रतिद्वन्द्वी नमराज अर्यालले १२ मत प्राप्त गरेका छन् । निर्वाचित सहकोषाध्यक्ष पोखरेलले १२ मत अन्तरले विजयी भए ।

निर्वाचनको लागि प्याब्सनमा ४९ निजि विद्यालय आबद्ध भएकोमा ३८ सदस्यहरुले मात्र मतदान गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ