२०८१, १२ बैशाख बुधबार

तस्विरमा पृथ्वी जयन्ती

    पुष २७ २०७५ १७:१७

prithivi jayanti bidur nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज २ सय ९७ औँ पृथ्वी जयन्ती मनाइएको छ ।

पुर्व राष्ट्रपति महेन्द्र पाण्डे, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित लगायतको सहभागितामा देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिक र अन्त्यस्टि गरिएको ढुंगामा माल्यार्पणसहित कार्यक्रम गरी पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाइएको छ ।

king prithivi narayan shah statue bidur devighat nuwakot nepal

देविघाटस्थित पृथ्वीनारायण शाहको अन्त्यस्टि गरिएको स्थानदेखि शालिक भएको स्थानसम्म पदयात्रा निकालियो । राष्ट्रिय एकता विषयक नृत्य प्रतियोगिता गरिएको छ ।

 

त्यस्तै, एकता दिवसका अवसरमा बट्टारदेखि कोलेनीको इन्टेकसम्म खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता भएको छ । विदुर नगरपालिका-२ नुवाकोटमा पनि भजनबालन कार्यक्रम सहित राष्ट्रिय एकता दिवस मनाइएको छ ।

दोस्रो जनआन्दोलन २०६२/६३ पछि बनेको सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दिन दिँदै आएको सार्वजानिक बिदालाई कटौती गरिदिएको थियो । सरकारी तबरबाट औपचारिकरुपमा पृथ्वी जयन्ती नमाइए पनि नागरिक समाजबाट भने विभिन्न कार्यक्रमका साथ सो दिवस मनाइँदै आइरहेका छन् ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् ।

थप फोटोहरु:

students dance in prithivi narayan jayanti

Bhajan Balana Dance in King Prithivi Narayan Shah Jayanti

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top