२०७९, ३ जेष्ठ मंगलवार

वर्ल्ड रेकर्ड कायम गर्न सफल केसी सम्मानित

    पुष २६ २०७५ ११:२२

anantaram kc nuwakot worldrecord
nuwakot trishuli graphic web media service 2020

विदुर / लगातार नब्बे घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई सम्मान गरेको छ ।

व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । कार्यक्रममा वर्ल्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक गरिएको थियो ।

केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर वर्ल्ड रेकर्ड कायम गर्नुभएको थियो । केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ वल्र्ड रेकर्ड कायम गर्नुभएकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ ।

नुवाकोट शिवपुरी गाउँपालिका-१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोड्नुभएको छ ।

न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिनुभएको थियो । नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी आध्यात्मिक साधकसमेत हुनुहुन्छ । केसीले २१ दिन जल उपवास र छ महीना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका ५० भन्दा बढी महानुभावलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top