+
Search

ताजा अपडेट +

पपुलर +

यातायात व्यवसायी महासंघको जिल्ला संयोजकमा कुलबहादुर खड्गी

yatayat bus committe members nuwakot nepal
डबली खबर
७ साल अगाडी

विदुर / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नुवाकोट जिल्लाको संयोजकमा कुलबहादुर खड्गी सर्वसम्मत चयन भएका छन् ।

मंगलबार भएको  भेलाबाट खड्गीको अध्यक्षतामा ५ सदस्यीय समिती गठन भएको छ । सचिवमा धनबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मंगल लामा, सदस्यमा ईश्वलाल श्रेष्ठ र लोकराज न्यौपाने रहेका छन् ।

नवनिर्बाचित जिल्ला संयोजक खड्गीले व्यवसायिक हकहितका निम्ति लागिपर्ने प्रतिबद्धता जनाउनु भएको छ। खडगी पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव रवि रिमालले जिल्लाका सबै यातायात व्यवसायीहरु एकबद्ध भै हकहित र समस्या सामाधानका निम्ति सहकार्य गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

भेलामा प्रदेश नं.३ का सदस्य सुमन गिरी, महासंघको ३ नं. प्रदेश सयोजक धर्मराज रिमाल लगायतको उपस्थिती रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ