२०८०, १५ चैत्र बिहीबार

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

    पुष २५ २०७५ १९:०८

gyanmaya dangol tokha municipality ktm
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ / टोखा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ५ सय रुपैंया प्रोत्साहन भत्ता दिने गरेको छ ।

स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न नगरपालिकाले प्रोत्साहन भत्ता दिने गरेको नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । स्वयंसेविकाले काम गरेबापत पारिश्रमिक पाउँछन्, अझ बढी समाजमा राम्रो काम गर्न जागरुक होस् भन्ने उद्देश्यले प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको डङ्गोलले बताउनुभयो ।

स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् ।

यस वर्ष स्वास्थ्य शाखाका लागि नगरपालिकाले रु ५० लाख बजेट छुट्याएको छ । नगरपालिकाको ११ वटै वडामा ९९ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top