+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा २९ औं प्याब्सन दिवस मनाईयो, छैटौं जिल्ला अधिवेशन पुस २८ मा हुने

29th pabson day 2075 nuwakot nepal
डबली खबर
७ साल अगाडी

विदुर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को २९ औं स्थापना दिवस नुवाकोटमा पनि मनाईएको छ ।

प्रदेश नं. ३ प्याब्सनका संयोजक रामहरि रिमालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम प्याब्सन नुवाकाेटका अध्यक्ष बुद्धिसागर रिजालकाे सभापतित्व सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश नं. ३ प्याब्सनका संयोजक रामहरि रिमाल, प्याब्सन नुवाकाेटका अध्यक्ष बुद्धिसागर रिजाल, पूर्वअध्यक्ष विजय श्रेष्ठ, उपाध्यक्ष प्रकाश कुइँकेल लगायतले सरकारी विद्यालयको गुणस्तर सुधार्न नसक्ने तर गुणस्तरीय शिक्षा दिइरहेका निजी विद्यालयलाई अंकुश लगाउने सरकारी नियतका कारण समग्र शिक्षा क्षेत्र अधोगतिमा लाग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

छैटौं जिल्ला अधिवेशन

प्याब्सन नुवाकोटको छैटौं जिल्ला अधिवेशन यहि पुस २८ गते शनिबार हुने भएको छ । अधिवेशनबाट प्याब्सन नुवाकोटले नयाँ नेतृत्व पाउनेछ ।

अधिवेशनको लागि प्याब्सन नुवाकोटमा आबद्ध सम्पूर्ण विद्यालयलाई पत्राचार गरिसकेको र सम्पूर्ण तयारी पुरा भईसकेको प्याब्सन नुवाकोटका लेखा समिति संयाेजक एवम् अधिवेशन प्रचारप्रसार समितिका संयाेजक राममणि अधिकारीले जानकारी दिनुभएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ