काठमाण्डौ / समाचारको विषयलाई लिएर बझाङबाट सञ्चालित साइपाल अनलाइनका सम्पादक गणेश विकलाइ प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ बझाङ शाखाका अनुसार स्थानीय प्रहरीको बारेमा समाचार प्रसारण गरेका भन्दै प्रहरीले पुस १९ गते सम्पादक विकलाई पक्राउ गरी साइबर क्राइमसम्बन्धी मुद्दा लगाउन काठमाडौं ल्याएको छ ।
समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप हो । महासंघ पत्रकार पक्राउको कडा भत्र्सना गर्दै पत्रकार विकलाई तत्काल् रिहा गर्न माग गर्दछ ।



















प्रतिक्रिया