+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुआब्जामा विभेद गरेको भन्दै चक्काजाम र नुवाकोट बन्दको घोषणा

मुआब्जामा विभेद गरेको भन्दै चक्काजाम र नुवाकोट बन्दको घोषणा
डबली खबर
७ साल अगाडी

विदुर / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समूह सडक प्रभावित सरोकार समितिले विरोध कार्यक्रम घोषणा गरेको छ ।

समितिले आगामी पौष २८ गते शनिबार दिनको १२ बजेदेखि २ बजेसम्म दुई घण्टा चक्का जाम गर्ने भएको छ । त्यस्तै, मुअब्जा नदिई सडक विस्तार गरेमा माघ ६ गते नुवाकोट बन्द गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।

सडक प्रभावित सरोकार समितिका संयोजक लिलानाथ न्यौपानेले आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितलाई मुआब्जामा विभेद गरेको भन्दै प्रभावितहरुलाई मुअब्जा नदिई सडक विस्तार गरेमा नुवाकोट बन्द गर्ने चेतावनी दिएका छन् । समिति विकास विरोधी नभएको भन्दै रााष्ट्रिय आयोजनाको नाममा जनताको उठीबास आफुहरुले सहन नसक्ने न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ