+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फिर्ता गरे वडाध्यक्षले बेरुजु रकम

फिर्ता गरे वडाध्यक्षले बेरुजु रकम
डबली खबर
७ साल अगाडी

विदुर / विदुर नगरपालिका-११ गेर्खुमा एकै व्यक्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण निकासा गरेको तथ्य खुलेपछि वडाध्यक्ष तोयानाथ तिमिल्सीनाले वडा कार्यालयको बेरुजु २४ हजार रुपैयाँ फिर्ता गरेका छन् ।

महालेखाको कार्यालयले विनपा-११ को नाममा २४ हजार रुपैयाँ बेरुजु देखाएपछि वडाध्यक्ष तिमिल्सीनाले नगरपालिकाको नाममा बेरुजू रकम फिर्ता गरेको हो । तिमिल्सीनाले गेर्खुका बालकुमारी प्याकुरेल नाम गरेकी वृद्धाको नाममा तीनपटक र समर बहादुर श्रेष्ठको नाममा दुईपटकसम्म आव २०७४/७५ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखाको तथ्यांकमा उल्लेख गरिएको थियो ।

वडाध्यक्ष तिमिल्सीनाले गत वर्ष आफैले नै सामाजिक सुरक्षा वितरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ