२०८१, १३ बैशाख बिहीबार

१२ औँ चितवन महोत्सव हुँदै

    पुष १५ २०७५ १२:४५

chitwan mahotsav 2075 dabalikhabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भरतपुर / १२ औं चितवन महोत्सव यहि पौष २५ देखि  माघ ४ गतेसम्म हुँदैछ । महोत्सव नारायणी नदीकिनार नारायणगढमा हुने भएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।

यतिबेला धमाधम नारायणीकिनार झकिझकाउ बनिरहेको छ । स्टल निर्माणका कामहरु भइरहेका छन् । महोत्सवको मुख्य आकर्षण मूल गेट निर्माण भइरहेको छ । आदिवासी जनजातिका घरहरु बनिरहेका छन् ।

चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहने बताए । उनले भने, ‘पहिला त पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कुरा थियो, अब प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री प्रचण्डको पनि सहभागिता हुनेछ ।’

 पूर्वप्रधानमन्त्री प्रचण्डकै पहलमा प्रधानमन्त्री आउने कुरा पक्का भएको संयोजक प्रधानले बताए । उनले महोत्सवको तयारी तीव्ररुपमा भइरहेको बताए । प्रधानले भने, ‘पहिले पहिलेको चितवन महोत्सव र अहिलेको चितवन महोत्सवमा केही फरक अनुभूति देखिने छ ।’

संयोजक प्रधानका अनुसार यतिबेला महोत्सवस्थलमा कृत्रिम चिडियाखानाको आकृति बनाउनेदेखि मूल गेट सिँगार्नेसम्मका काम भएका छन् । महोत्सवको प्रचारप्रसारको कामलाई पनि तीव्र पारिएको छ । यसवर्ष पनि बाल उद्यान हुँदैन, त्यसको ठाउँमा फन पार्कले लिनेछ । फन पार्क निर्माणको काम पनि यतिबेला तीव्र भइरहेको संयोजक प्रधानले बताए ।

महोत्सवमा ६ वटा विशेष स्टल र ५०० वटा स्टल रहनेछन् । यसवर्ष महोत्सवमा कृत्रिम चिडियाखाना थप गरिएको छ । पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । महोत्सव अवधिभर कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित विभिन्न कार्यशालाहरु हुनेछन् ।

कुल ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारबाट बेजोड प्रस्तुतिसमेत रहने छ । यसवर्षको चितवन महोत्सवमा कलात्मक प्रवेशद्वार बनाइने छ ।

‘बालुवामा कुँदिएको २० फिट लम्बाइ, १० फिट चौडाइ रहेको माछाको कलात्मक आकृतिसमेत महोत्सव परिसरमा रहन्छ’, संयोजक प्रधानले भने, ‘माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा चितवनलगायत यसआसपासका जिल्लाहरुबाट बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।’

चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यवसाय प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले प्रत्येक २/२ वर्षको अन्तरालमा चितवन महोत्सव हुँदै आएको छ । यसवर्षको चितवन महोत्सवको समापन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top