sujim bazar advert

वादविवाद प्रतियोगितामा अरुणा प्याकुरेल प्रथम

    पुस १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Debate Competition Saarathi Cooperative Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / सारथी बचत तथा ऋण सहकारी संस्था लि.द्वारा आयोजित नगरस्तरीय अन्तर विद्यालय वादविवाद प्रतियोगितामा सम्पन्न भएको छ ।

सहकारीको छैठौ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा आयोजित “वैदेशिक लगानीभन्दा स्वदेशी लगानी वेश” विषयक वादविवाद प्रतियोगितामा ओम माने पब्लिक स्कुलका अरुणा प्याकुरेल प्रथम, पृथिवी माविका रश्मी पनेरु द्वितीय, अर्किड एकेडेमीका बंशीधर न्यौपाने तृतीय भएको निर्णायकमण्डलका संयोजक कृष्णप्रसाद भण्डारीले निर्णयको घोषणा गर्नुभएको थियो । त्यस्तै, भैरवी एकेडेमीका दुर्गा गिरीले सान्त्वना प्राप्त गरेका छन् ।

विजयी हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद प्राप्त गरेका छन् । पुरस्कार राशी र प्रमाणपत्र भोलि शनिबार हुने साधारणसभामा प्रदान गरिने सहकारीका अध्यक्ष निर्मल बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा विदुर नगरपालिकाभित्रका ४ सरकारी र १२ निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सहकारीका व्यवस्थापक तथा कार्यक्रम संयोजक सुदिप श्रेष्ठले जानकारी दिनुभएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top