sujim bazar advert

प्रथम नुवाकोट त्रिशुली महोत्सव सम्पन्न, ३५ हजारले गरे अवलोकन

    पुस १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / ईन्जिनियरिङ कक्षा सञ्चालनको लागी रकम जुटाउने उद्धेश्यले आयोजना गरेकोे प्रथम नुवाकोट त्रिशुली महोत्सव बुधबार सम्पन्न भएको छ ।

विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा कृषि पर्यटन तथा ब्यापार भन्ने मुल नाराका साथ त्रिभूवन त्रिशुली माध्यामिक विद्यालयले आयोजना गरेको महोत्सवमा करिब ३५ हजार भन्दा बढीले अवलोकन गरेको आयोजक त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले जानकारी दिएका छन् ।

विसं. २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातकतहको पठनपाठन गर्न आर्थिक संकलन गर्ने भन्दै महोत्सव आयोजना गरेको थियो । महोत्सबबाट संकलन भएको रकमले इन्जिनियरिङ बिषयको पठनपाठनमा सहज पुग्ने बिश्वास लिईएको छ ।

first nuwakot trishuli mahotsav dance team

महोत्सवमा भएको लोक नृत्य प्रतियोगितामा त्रिभुवन त्रिशुली मावि, विदुर-१ त्रिशुली प्रथम, सूर्यज्योती एकेडेमी, विदुर-९ कोलनी द्वितीय र ओम माने पब्लिक स्कुल, विदुर-१० गेर्खु तृतीय भएको लोक नृत्य उप-समितिका संयोजक निशा लामा जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुनेले रु.२० हजार, द्वितीयले रु १० हजार र तृतीयले रु ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

गत पुस २ गतेदेखि संचालन भएको महोत्सव बुधारबारसम्म सञ्चालन भएको थियो । महोत्सबमा २ सय स्टल रहेका थिए । महोत्सवमा जिल्लामा सञ्चालनमा रहेको बिभिन्न बिद्यालयहरुबिच हाजिरजवाफ, बक्त्तृत्वकला लगायत ज्ञानबर्दन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न रााष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top