२०८१, १३ बैशाख बिहीबार

धरहराको पुनर्निर्माण सुरु, ३ अर्ब ३८ करोड लागत

    पुष १२ २०७५ ११:४५

Dharahara Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । भुकम्पले भत्काएको करिव साढे ३ बर्षपछि आज धरहराको शिलान्यास भएको छ । आज एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि शिलान्यास गर्ने भएका हुन ।

जिआइइटिसी–रमन जेभीले पुनर्निर्माणको काम सुरु गरेको धरहरा आगामी २ बर्षमा पुनर्निर्माण सम्पन्न हुने बताइएको छ ।

अहिले धरहरा आसपासको भौतिक संरचना हटाउने तथा सरसफाई गर्ने काम भईरहेको र तिहार अगाडीनै औपचारिक शिल्यान्यास गरी पुर्न्निर्माणलाई अघि बढाउने भनिएको भएपनि फाउन्डेसनमा नेपाल टेलिकमको तारले डिस्टर्व गरिरहेको थियो । २२ तलाको बन्ने उक्त धरहराको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्तावमा सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन जेभीले उक्त ठेक्का पाएको थियो । रमन जेभीले ३ अर्ब ३८ करोड रुपैयाँमा ठेक्का लिएको हो ।

धरहराको स्वरुप बाहिरबाट हेर्दा पुरानै जस्तो देखिएपनि भित्री भाग भने आधुनिक बनाइने भएको छ । धरहराको टुप्पामा जानका लागि लिफ्टको व्यवस्था गरिने छ । हाल रहेको धरहराको भग्नावशेषलाई भने संरक्षण गरेर राखिने बताइएको छ । धरहरा भित्र म्युजियम, फाउन्टेन, बगैचाँ तथा लिफ्टको व्यवस्था गरिने छ । नयाँ बन्ने धरहरा आपांगमैत्री समेत हुने बताइएको छ । त्यस्तै धरहरा छिर्ने वित्तिकै एउटा बगैचाँ आउने छ । जसलाई ह्यांगिङ गार्डेन भनिन्छ ।

धरहरामा छुट्टै म्युजियम समेत बनाइने भएको छ । म्युजियम जाने बाटोमा पानीको फाहोरा हुने छ । धरहरामा राखिने फाउन्टेन ५० फिट अग्लो हुने छ । २ सय ४५ फिटको धरहराको १० औं तल्लामा मिनी थिएटर राखिने छ । जसमा प्राजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइने छ । त्यस्तै टुुुुप्पामा जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ । त्यसैगरी धरहराको एक भागमा म्युजियम बनाइने छ । जहाँ पुराना सिक्का छाप्ने मेसिनहरु हेर्न सकिने छ । त्यस्तै १ सय ३४ ओटा गाडी पार्क गर्न मिल्ने पार्कङ बनाइने बताइएको छ । धरहराको पूनर्निमाणका लागि सरकारले ४२ रोपनी जग्गा प्राप्त गरिसकेको पर्यटन मन्त्री पोखरेलले जानकारी दिए । जसको लागि गोस्वारा हुलाक र टक्सारको जग्गा प्राप्त भइसकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top