२०८१, १४ बैशाख शुक्रबार

किस्पाङमा १ सय ९५ नयाँ मतदाता थपिए

    पुष ६ २०७५ १६:१६

kispang rural municipality camp nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप किस्पाङ गाउँपालिकाको काउलेमा पुष ४ र ५ गते दुई दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

शिविरबाट २ सय ९ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । त्यस्तै, किस्पाङ गापामा १ सय ९५ नयाँ मतदाता थपिएका छन् ।

किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले गाउँका जनताले जिल्लासम्म पुगेर सेवालिन कतिसम्म समस्या झेल्नु पर्ने बाध्यतालाई सरकारी कार्यालय प्रमुखलाई महशुस गराउन र शिविर पश्चात् जिल्लामा गएर सेवा लिन जाने सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

घुम्ती शिविरमा जिल्ला अदालत र सरकारी वकिल कार्यालयले परिवर्तित मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि, जिल्ला प्रशासन कार्यालयले नयाँ नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको छ । नेपाली सेना श्रीनाथ गण नुवाकोट र श्री नं. ६ फि.ए. गुल्म, बैरेनी धादिङले डाक्टरसहितको स्वास्थ्य शिविर तथा नि:शुल्क औषधि वितरण गरेको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्रको लागि नामावली दर्ता, कोष तथा लेखा नियन्त्रणले मदिरा बिक्रि वितरणको इजाजत पत्र वितरण  गरेको छ । त्यसैगरी डिभिजन वन कार्यालयले वन र वन पैदावर सम्बधि जानकारी एवं परामर्श सेवा, स्वास्थ्य कार्यालयले स्वास्थ्य परामर्श सेवा, कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि राय परामर्श, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको चेक जाँच एवं राय परामर्श, हुलाक कार्यालयले हुलाक टिकटको वितरण र घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण तथा अनुगमन लगायतका सेवाहरु प्रदान गरेका छन् ।

ghumti shivir

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top