शिवपुरी / राष्ट्रिय भूकम्प प्रविधि केन्द्र (एनसेट) बलियो घर कार्यक्रम परियोजनाले भुकम्प र विपद् सम्बन्धि जनचेतनामुलक वृत्तचित्र देखाईएको छ ।
शिवपुरी गाउँपालिका-६ समुन्द्रादेविमा रहेको विद्यालयका विद्यार्थीहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ भनि भिडियोमा देखाईएको छ । त्यस्तै, भूकम्प पश्चात् समुदायका मानिसहरुलाई कसरी सुरक्षित राख्ने र भवन संरचना कस्तो हुनुपर्ने र भूकम्पपछि गाउँघरमा निर्माण भईरहेको घरलाई कसरी बलियो बनाउने सन्देशमूलक ज्ञान दिईएको थियो ।
वृत्तचित्रबाट विद्यार्थीहरुले विपद् आउँदाको समयमा पूर्व तयारी, विपद जोखिम न्यूनीकरण लगायतका विषयमा सहयोग हुने एनसेट बलियो घर कार्यक्रमका सामाजिक विकास अधिकृत सुष्मा अधिकारिले बताउनुभयो ।
प्रतिक्रिया