किस्पाङ, नुवाकोट / मैलुङका स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकी तोडफोड भएको छ ।
नुवाकोट र रसुवाको सिमाना मैलुङमा निर्माणाधीन त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरी गर्ने क्रममा ३ जना पक्राउ परेकोमा उत्तरगया गाउँपालिका-२ का १९ वर्षीय मैते तामाङ त्रिशूली खोलामा फामफाहालेर बेपत्ता भएको निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभएको छ ।
प्रहरीले संयमता नअपनाएको भन्दै पक्राउ परेका आफन्त, स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । स्थानीयवासीले प्रहरीचौकीमा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइफायर गरेको प्रहरीले जनाएको छ । झडपमा परि दुई प्रहरी घाइते भएका छन् ।
प्रतिक्रिया