+
Search

ताजा अपडेट +

पपुलर +

आजबाट प्रथम नुवाकोट त्रिशुली महोत्सव सुरु हुँदै

डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोट, रसुवा र धादिङलाई लक्षित गरी आजबाट प्रथम नुवाकोट त्रिशुली महोत्सव २०७५ सुरु हुँदैछ । महोत्सव आज पौष २ देखि १० गतेसम्म विद्यालयकै खेलमैदानमा हुनेछ ।

नुवाकोट जिल्लामै पहिलोपटक ईन्जिनियरिङ कक्षा सञ्चालनका लागि त्रिभुवन त्रिशुली माविले आवश्यक आर्थिक स्रोत जुटाउन विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा कृषि पर्यटन तथा व्यापार महोत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा २ सय स्टलहरु रहेको छ । ३३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । महोत्सवमा स्थानीय उत्पादन रहने स्टलमा २० प्रतिशत छुट रहेको छ । प्रवेश शुल्क रु.५५ रहेको छ भने बिद्यार्थीलाई रु.३५ रहको छ । ईन्जिनियरिङ कक्षा संचालनको लागि भएर अन्य छुटको व्यवस्था नगरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभयो ।

Image may contain: one or more people, sky, outdoor and nature

महोत्सवमा शैक्षिक गतिविधीले प्राथमिकता पाउने विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताउनुभयो । महोत्सवमा विद्यालयका विद्यार्थीहरुलाई १ दिने पासको व्यवस्था गरिएको छ ।

महोत्सवमा अन्तर विद्यालय खुल्ला नाच प्रतियोगिता पनि हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु.२० हजार, द्वितीयले रु १० हजार र तृतीयले रु ५ हजार प्राप्त गर्ने विद्यालयका सह-प्राध्यानापक राजेन्द्र दवाडीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ