+
Search

ताजा अपडेट +

पपुलर +

कृषि व्यवसायबाबाट मनग्य आम्दानी, दुधबाटै मासिक १ लाख

डबली खबर
७ साल अगाडी

महाकाली, नुवाकोट / २०७२ सालदेखि पाँच रोपनीबाट तरकारी खेति सुरु गरेका शिवपुरी गाउँपालिका-५ महाकालीका वडासदस्य मञ्जु पोखरेल तरकारी खेति र पशुपालनबाट राम्रो आम्दानी गरिरहनु भएको छ ।

३६ वर्षीय पोखरेलले कुण्डला देवि कृषि फर्म नामक दर्ता पनि गरेका छन् । फर्म  लिखु खोला पनि नजिकै भएकोले सिँचाई गर्न सजिलो भएको बताउछन् ।

अहिले १५ रोपनीमा खेति गरिरहेका छन् । तरकारी खेतिमा आलु, काउली, बन्दा, लसुन, प्याज, गोलभेंडा, लहरे बाली, पशुपालनमा भैंसी र १ हजार ओटा ब्रोइलर कुखुरापालन सहितको संयुक्त कृषि व्यवसाय गरिरहेका छन् । दैनिक ४० लिटर दुध बिक्रि हुने गरेकोले मासिक १ लाख रुपैंयाँ आम्दानी हुने गरिरहेको छ ।

जनप्रतिनिधि भैसकेपछि वडा कार्यक्रम मै व्यस्त रहने पोखरेलले आफ्नो कृषि व्यवसायलाई समय मिलाएर काम गयो भने गाउँमानै मनग्य  आम्दानि गर्न सकिने भएकोले गाउँमै बसी व्यवसायिक खेती गर्न सकिने बताउनुहुन्छ । पोखरेलले तरकारी खेती र पशुपालनलार्इृ विस्तार गर्ने सोचमा रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ