२०८१, ३ बैशाख सोमबार

च्वाडी माविलाई पूर्व विद्यार्थी साथी समाजको सहयोग

    मंसिर २० २०७५ १३:२१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / च्वाडी पब्लिक माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले कम्प्युटर र विद्युतीय हाजिरी यन्त्र सहयोग उपलब्ध गराएका छन् । विदुर नगरपालिका-५ माझिटारस्थित रहेको विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था पूर्व विद्यार्थी साथी समाजको पहलमा विद्यालयलाई सहयोग गरेका हुन् ।

विद्यालयमा आयोजित एक कार्यक्रममा स्थानीय पिपलटार घर भई हाल युरोपमा रहँदै आएका साथी समाजका सदस्य कृष्णप्रसाद गजुरेलले १ थान कम्प्युटर र विद्युतीय हाजिरी मेशिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठ र प्रधानाध्यापक टिकाराम खरेललाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा समाजका अध्यक्ष रामकृष्ण राजभण्डारी, उपाध्यक्ष शिव देवकोटा, कोषाध्यक्ष दीपक सिंखडा, पूर्व विद्यार्थी राजकुमार अर्याल, शिक्षिका रविना महर्जन लगायतले विद्यालयको शैक्षिक विकासमा पूर्व विद्यार्थीहरुले पु-याएको योगदानको चर्चा गर्दे सबैको समन्वयात्मक प्रयासले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य प्राप्ति हुने धारणा व्यक्त गरेका थिए ।

Image may contain: 22 people, including Ram Shrestha and Laxman Shrestha, people standing and outdoor

Image may contain: 9 people, including Gamala Lama, people standing

Image may contain: 2 people, crowd and outdoor

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top