२०८१, १० बैशाख सोमबार

लैङ्गिक हिंसा रोक्नेमा महिला स्वास्थ्य स्वयंसेविका

    मंसिर १९ २०७५ १७:२९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । अाधारभूत स्वास्थ्य सेवामा महिलाकाे सहभागिता जुटाउने उद्देश्यले २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएकाे हाे । सरकारले स्थानीय निकायका हरेक वडामा कम्तीमा १ जना महिला स्वास्थ्य स्वयंसेविका हुनुपर्ने कार्यन्वयनमासंगै अहिले देशभर ५१ हजार ४ सय २० जना महिला स्वास्थ्य स्वयंसेविका रहेको छ । एक महिला स्वास्थ्य स्वयंसेविकाले ५० देखि २ सय घरधुरी र १ हजार जनसंख्यासम्मलाई हेर्नुपर्छ । सरकारले दिवसमा मात्रै सम्झने गरेकाे र उचित सुविधा नपाएकाे महिला स्वास्थ्य स्वयंसेविकाहरुकाे गुनासाे छ । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाको पोशाकका लागि वार्षिक ७ हजार ५ सय रुपैंया र राष्ट्रिय कार्यक्रम अनुसार भत्ता पाएको र महिला स्वास्थ्य स्वयंसेविकाको परिचयपत्रबाट सार्वजनिक सवारीसाधनमा भाडा छुट भनिए तापनि सरकारबाट कार्यन्वयन ल्याएको छैन ।स्वयंसेविकाको सुरक्षा योजनाको विषय प्राथमिकतामा रहेको सरकारको दावी रहेको छ ।

लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” मूलनाराका साथ मनाइदै आएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विदुर नगरपालिका  र जिल्ला प्रहरी कार्यालयको आयोजनामा बट्टारको कभडहलमा लैङ्गिक हिंसा न्यूनीकरण विषयक कानुनी सचेतना  कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, बद्रि मैनाली, प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, केशव पाण्डे, जिल्ला अधिकारी उद्दवबहादुर थापा, विदुर नगरपालिका प्रमुख संजु पण्डितले लैङ्गिक हिंसा र दुर्व्यवहारलाई महिला र बालिकामा मात्र सिमित नभई पुरुष र बालकप्रति पनि हिंसा हुने गरेको हुनाले लैङ्गिक हिंसा न्यूनिकरण रोकथाममा लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नगर उप-प्रमुख गीता दाहालले नगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाको हकहित र अधिकारको लागि संजाल बनाई अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरु सेवा प्रदान गर्नेक्रममा सबैको घरघर पुग्ने र हरेक घरको स्थितिलाई नजिकबाट नियाल्ने भएकोले लैङ्गिक हिंसा भएको देखेमा आवाज उठाउनुपर्ने दाहालले बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले महिलाविरुद्ध हुने करणी, मानव बेचबिखन तथा ओसारपसार, विवाह र भेदभावसम्बन्धि कसुर र कानुनी प्रावधानहरुबारे प्रकाश पार्नुभएको थियो । भट्टराईले नुवाकोटमा आव २०७५/७६ मा ११ मुद्दा दर्तामा ११ वटै फर्छौट भएको बताउनुभएको छ ।

कार्यक्रममा श्रीनाथ गणका प्रमुख सेनानी अन्जन रुपाखेती, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, महिला अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top