विदुर, नुवाकोट/ ६ महिना अघि बारम्बार सामान्य ज्वरो आएर औषधि उपचार गरेर निको बनेका आसामी अहिलेको उनलाई ब्लड क्यान्सर भएको छ ।
किस्पाङ गाउँपालिका-२ फिकुरी निवासी सुर्यबहादुर तामाङको छोरी आसीमा तामाङ अहिले कान्तिबाल अस्पताल काठमाण्डौमा उपचारथ रहेका छन् ।तामाङका अनुसार छोरीलाई उपचार गर्न करिब रु३० लाख नगद खर्च लाग्ने जानकारी दिनुभएको छ । घरको आर्थिकस्थिति कमजोर रहेकोले छोरीलाई बचाउन सबै नेपालीहरुमा सहयोगको लागि अपिल गर्नुभएको छ । यस अघि उपचारको लागि ६ महिनादेखि छोरीको उपचारको लागि विभिन्न अस्पातालहरुमा उपचार गर्दा घरजग्गा सबै धितो राखेर ऋण काटेर उपचार गरेको तामाङले बताउनुभयो ।
बुबा सूर्यबहादुर तामाङले ७ वर्षिय आसीमालाई बचाउन आफ्नै छोरीचेली सम्झेर सहयोग गरिदिन देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई अनुरोध गर्नुभएको छ । आसामीलाई सहयोग गर्न ईच्छुक दाताले बुबा सूर्यबहादुर तामाङलाई मोबाईल ९८१०१७८८०८ मा सम्पर्क गर्नसकिने छ ।
प्रतिक्रिया