+
Search

ताजा अपडेट +

पपुलर +

अब प्रहरीलाई प्रहरी कै नजरमा हेर्नुपर्ने: महानिरीक्षक खनाल

igp nepal police sarbendra khanal
डबली खबर
७ साल अगाडी

नुवाकोट / सदरमुकाम विदुरमा निर्मित प्रहरी चेकपोस्ट, ट्राफिक कार्यालय र आवास गृहको नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नु भएको छ ।

भवन समुद्घाटनमा महानिरीक्षक खनालले विगतमा प्रहरी जेजस्तो भएनी प्रहरीले अबदेखि गलत नगर्ने र प्रहरीलाई प्रहरीकै नजरमा हेरिनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको संगठनमा बसेर अहम र संवेदनशील जिम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीले आपराधिक मानसिकता बोकेकाहरुसँग संगत गर्न नहुने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । प्रहरीले कुर्नैपनि लापरवाही गरेमा छुट नहुने खनालले बताउनुभयो । नदिजन्य सामग्रीमा गुण्डाहरुको राज भएको भन्दै अब त्यस्तो नचल्ने र कसैको संरक्षण भएपनि नछोड्ने बताउनुभयो । निर्मला हत्याको विषयलाई इंगित गर्दै खनालले एकाध घटनाबाहेक नेपाल प्रहरीले ९७ दशमलव ५ प्रतिशत यौनजन्य हिंसाका अपराधीलाई कारवाहीको दायरामा ल्याएको बताउनुभयो ।

Image may contain: 6 people, people standing

नुवाकोटको विदुरमा १ करोड ३३ लाख ८ हजार ६ सय रुपैयाँको लागतमा १० कोठे प्रहरी पोष्ट भवन बनेको छ । त्यस्तै १ करोड २८ लाख ५२ हजार ४ सय ४५ रुपैयाँको लागतमा जिल्ला ट्राफिक कार्यलय र रु१ करोड एक लाख १५ हजार ८ सय ३२ रुपैयाँको लागतमा जुनियर प्रहरी अधिकृत ब्यारेक तथा सिनियर प्रहरी अधिकृत निवास बनाईएको प्रदेश नं ३ का प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले बताउनुभयो ।

महाभूकम्पले भत्किएका प्रहरी भवनको पुनर्निर्माणपछि आइतबार उद्घाटन भएको हो । भवन निर्माण भएसँगै नुवाकोट प्रहरीले दिने सेवा अझै प्रभावकारी हुने सरोकारवाला निकायहरुले विश्वास व्यत्त गरेका छन ।

Image may contain: 3 people, outdoor

Image may contain: 6 people, people standing

Image may contain: 1 person, standing, flower, outdoor and nature

Image may contain: 2 people, people standing

Image may contain: 2 people

Image may contain: 1 person, food

Image may contain: 3 people, people sitting

Image may contain: 3 people

Image may contain: 3 people, text and outdoor

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ