+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो राष्ट्रिय कविता महोत्सव सम्पन्न

डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / नेपालकै सर्वोत्कृष्ट धनराशी पुरस्कार भएको दोस्रो राष्ट्रिय कविता महोत्सवमा-२०७५ प्रतियोगीतामा सम्पन्न भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा उदयपुरका जीवन आरोही “चराहरुको यात्रा” शिर्षक कविता प्रथम भएका छन् । बागलुङका विवश बाबु “आग्रह” शिर्षक कविता द्वितीय भएका छन् । विजेता घोषित प्रथम र द्वितीयलाई प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ कवि तथा गीतकार एस्पी कोइरालाले क्रमश: नगद रु.५० हजार र रु.३० हजार सहित प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

तृतीय द्वय दोलखाका देवकी अभिलाषी “भोकको सौन्दर्य” शिर्षक कविता र जीवन खत्री “धरतीको स्वर्ग” शिर्षक कविता भएका छन् । तृतीय द्वयलाई प्रतिष्ठानका संरक्षक पुष्कर लोहनीले रु.२०/२० हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

कविता महोत्सवमा देशभरका ६२ जिल्लाहरुबाट २ सय ४८ वटा स्रस्टाका सिर्जना मध्ये उत्कृस्ट २० वटा कविता छनोट गरिएको थियो ।

नुवाकोट जिल्लामा स्थापित भै राष्ट्रव्यापी साहित्यमा प्रतिष्ठानले विशेष योगदान गर्दै आइरहेको छ । यसभन्दा प्रज्ञा प्रतिष्ठानले प्रथम राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनेलाई रु.२० हजार नगद प्रदान गरिएको थियो ।

छनौट भएका स्रस्टाका नाम र कविताहरु

प्रतियोगिताका लागि चितवनका अम्बिका कार्की, ओखलढुँगाका ईन्द्रकुमार श्रेष्ठ, तेह्रथुमका एलीना दुलाल, रसुवाका जीवन आरोही, रामेछापका जीवन खत्री, सुनसरीका जीतु खड्का, दोलखाका देवकी अभिलाषी, गोरखाका निशान निष्कर्ष, कास्कीका प्रकाश आचार्य र भोजपुरका प्रगती राई, कास्कीका बसुन्धरा भण्डारी, दाङका भवानी न्यौपाने भावना, बाराका रमेश रसीक, नुवाकोटका रामराजा तिमिल्सिना, प्यूठानका रीमा केसी, बाग्लुङका विवश बाबु, धादिङका बिजय तामाङ, गोरखाका सन्तोष खनाल, कञ्चनपुरका सागर चन्द र जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविता छनौट भएको थियो ।

second national poem festival 2075 nuwakot nepal trishuli bidur

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ