+
Search

ताजा अपडेट +

पपुलर +

आगलागीपिडितलाई आर्थिक तथा जिन्सी सहयोग

डबली खबर
७ साल अगाडी

लिखु, नुवाकोट / क्षेत्रपाल सामुदायिक संस्थाले गत साता आगलागी भइ पूर्ण रुपमा घर क्षति भएका पिडित राजु शाहलाई आर्थिक तथा जिन्सी सहयोग गरेको छ ।

आगलागीबाट पिडित भएका शाहलाई स्थानीयबाट सबै मिलेर एक धुर एक बोरा धान र एक धुर रु१ हजार सहयोग गरेको छ । संस्थाको तर्फबाट अध्यक्ष विष्णुलाल श्रेष्ठले पिडित शाहलाई रु.१० हजार नगद प्रदान गरेको छ ।

क्षेत्रपाल सामुदायिक संस्थाले सामाजिक सेवामुलक कार्य गर्दै आइरहेको छ । संस्थाले चार महिना अगाडी स्पिड वे फाउन्डेसनको समन्वयमा वेञ्जामिन नामक अमेरिकी संस्थाको आर्थिक सहयोग सामुदायिक एम्बुलेन्स सेवा पनि संचालन ल्याएको थियो ।

Image may contain: outdoor

गत मङ्सिर ४ गते नचनिडाँडास्थित राजु शाहको घर आगलागी भइ करिब ११ लाख ६५ हजार बराबरको क्षति भएको थियो । आगलागीमा  मानविय क्षति भने भएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ