+
Search

ताजा अपडेट +

पपुलर +

ग्रामिण क्षेत्रको संचारमा गज्जबको रेडियो

gajjabko radio nuwakot
डबली खबर
७ साल अगाडी

समुन्द्रादेवि, शिवपुरी / डेढ वर्ष अगाडिदेखि परिक्षण प्रसारण गरि सेवा सुरु गरेको गजबको रेडियो १०५ थोप्लो ७ मेगाहर्जले आफ्नो प्रशारणको औपचारिक उद्घाटन भएको छ ।

कम्पास मिडिया प्रा.लि. र्माफत् नुवाकोटको ग्रामिण भेग स्थानियतहमा आम मानिसलाई सञ्चार पुयाउने उद्धेश्यले “सञ्चार विकासको मुख्य आधार” भन्ने मुल नाराको साथ संचालित रेडियोको शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले औपचारिक उद्घाटन गरिएको छ ।  ग्रामिण भेगमा सञ्चारको सञ्चालन र विकासले जनतालाई सूचना सहज भएको र गाउँपालिकाको सम्वृद्ध विकासमा टेवा पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।

रेडियो सञ्चालनले जनतामा सत्य तथ्य सूचना दिई स्थानीय विकासमा टेवा पुग्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पदम उप्रेतीले बताउनुभयो । रेडियो सञ्चालनबाट शिवपुरी र आसपासका क्षेत्रका जनतामा सूचनाको सहज पहुँच स्थापित हुने तादी गाउँपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेतीले बताउनुभयो ।

ग्रामिण भेगमा सत्य तथ्य सूचना प्रवाह गरी आगामि दिनमा आमजनताको विश्वास जित्ने कार्यक्रमहरुका साथ अघि बढ्ने प्रतिबद्धताका साथ देशकै नमूना रेडियोको रुपमा गजबको रेडियालाई विकसित गरिने  रेडियोका प्रबन्ध निर्देशक पुरुषोतम बस्नेतले दृढता समेत ब्यक्त गर्नुभएको थियो ।

१०० वाट क्षमताको गज्जबको रेडियो १०५ थोप्लो ७ मेगाहर्जलाई नुवाकोट लगायत छिमेकि जिल्ला रसुवा, गोरखा, सिन्धुपाल्चोक जिल्लामा समेत सुन्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ