sujim bazar dashain tihar bumper offer

उद्योग विना आर्थिकोपार्जन सम्भव नहुने: सन्तमान तामाङ

    मंसिर ९, २०७५

sizen education study in Japan
ananda Jewellery shop

santaman tamang nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर / तेस्रो उद्योग दिवस आज, “आम्दानीमुलक रोजगारीको आधार, सबल र सक्षम औद्योगिक पूर्वाधार” नाराका साथ नुवाकोटमा पनि  मनाईएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले उद्योग विना आर्थिकोपार्जन सम्भव नहुने भएकोले सबै उद्यमी बन्नु पर्ने धारण व्यक्त गर्नुभयो । वैदेशिक रोजगारलाइ न्यूनिकरण गर्न युवाहरुलाई उद्यमी बनाउन सरोकारवालाले सहयोग गर्नुपर्ने तामाङले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विजयकुमार भट्टराई, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष इन्द्रबहादुर पण्डित लगायतले औद्योगिक क्षेत्रको उत्पादनमा सरकार, उद्योगी र श्रमिकहरुबीच राम्रो समन्वय हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

udyog diwas 2075

उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा नुवाकोट बहुमुखी क्याम्पस, बट्टारबाट कार्यालयको नयाँ भवनसम्म प्रभातफेरी गरिएको हो ।

औद्योगिक प्रवर्धनका लागि लगानीको वातावरण बनाउन तथा सरकारी, गैरसरकारी र नीजि क्षेत्रको सम्बन्ध बनाई समन्वयात्मक रुपमा उद्योग क्षेत्रको विकास अघि बढाउने उद्देश्यले विक्रम सम्बत १९९२ मंसिर ९ गते उद्योग परिषद स्थापना भएको थियो ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top