२०८१, १३ बैशाख बिहीबार

त्रिशूली जलविद्युत्काे गृहमा आगलागी, करिब ४ घण्टा विद्युत् आपूर्ति बन्द, दुई जना घाइते

    मंसिर ९ २०७५ ०७:३९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृहमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहको दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी घाइते भएको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ । घाइतेलाई थप उपचारका लागि साँझ ६ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लागिएको थियो । घाइते तामाङको अवस्था गम्भीर रहेको छ ।

विद्युत् गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङको केही क्षेत्रमा करिब ४ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।

आगलागी हुनुको विषयमा छानबिन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top