+
Search

ताजा अपडेट +

पपुलर +

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ जारी (कार्यविधिसहित)

डबली खबर
७ साल अगाडी

काठमाण्डौ / नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ट नागरिक मन्त्रालयले अपाङ्गतालाई गम्भीरताको आधारमा चार भागमा वर्गीकरण गर्दै त्यसै प्रकारका परिचयपत्रको लागि अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ जारी गरेको छ ।

जसमा पूर्णअशक्त, अतिअशक्त, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता वर्ग रहेका छन् । अपाङ्गता भएका व्यक्तिलाई संरक्षण, सामाजिक सुरक्षा साथै विविध पक्षमा पहच वृद्धि गर्ने उद्देश्यले अपाङ्गता परिचयपत्र वितरण गरिँदै आएको छ । अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको परिचय पत्रमार्फत विभिन्न क्षेत्रमा विभिन्न तवरले सेवा, सुविधा, अधिकार तथा अवसर उपलब्ध गराउने व्यवस्था रहेको छ ।

अपाङ्गता परिचय पत्रको प्रतिलिपिसहित अध्ययन गर्न चाहेको सरकारी वा सामुदायिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा निःशुल्क शिक्षाका लागि आवेदन दिएमा अपाङ्गता भएका व्यक्तिले निःशुल्क शिक्षा प्राप्त गर्न सक्छन् । यस्ता व्यक्तिलाई छात्रवृत्तिको व्यवस्था, विशेष शिक्षाको व्यवस्था, प्राविधिक शिक्षा तथा तालिममा छात्रवृत्ति, परीक्षामा थप समय, सहयोगीको व्यवस्थालगायत शैक्षिक क्षेत्रमा विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने व्यवस्था रहेको छ । शिक्षा क्षेत्रमा सरकारले गरेका यी व्यवस्थाको अपाङ्गता भएका व्यक्तिले अधिकतम लाभ लिन सकिरहेका देखिँदैन । परिवारलगायत समाजले अपाङ्गता भएका आफ्ना सदस्यलाई हेयको भावले हेरी यस्तो कमजोर व्यक्तिले पढेर के गर्नसक्छ ? यसलाई लैजान ल्याउन कसले दुःख गरोस् भन्ने अभिव्यक्ति अभिभावकबाट आउने गर्छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ (नमूना) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ