विदुर / गत वर्ष नुवाकोटबाट सबैभन्दा बढी कर बुुझाउने करदातालाई सरकारले सम्मान गरेको छ । सातौँ कर दिवस २०७५ को अवसर पारेर सरकारले बढी कर बुुझाउने संस्थालाई सम्मान गरेको हो ।
गत वर्ष हाम्रो विकास बैंक लि. स्थायी नम्बर ३०३५८७०४० ले नुवाकोटबाट सरकारलाई सबैभन्दा बढी कर बुुझाएका हुनाले सम्मान गरिएको आन्तरिक राजस्व विभाग कलंकीका प्रमुख कर अधिकृत कविराज पौडेलले बताउनुभयो ।
बैंकले गतवर्ष रु.१ करोड ८२ लाख रुपैयाँ कर बुझाएको विभागले जनाएको छ ।
कार्यक्रम नुवाकोट उद्योग वाणिज्य संघको सह-आयोजना भएको थियो ।
प्रतिक्रिया